सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

धनगढी असार १०(ई-रैवार)
सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा नौ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
उनका अनुसार अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पुष्टि भएको छ।
यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। जसमा लम्की चुहा नगरपालिकाका छ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार पाँच सय ४९ पुगेको छ।





प्रतिकृया दिनुहोस्