April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

धनगढी असार ५(ई-रैवार)

कैलालीको गोदावरी नगरपालिका-१मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरूषकी श्रीमती र छोराहरूसहित सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ बर्षिय छोराहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोहि ठाउँका ५८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृत्यु भएका ४६ बर्षिय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।