-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२






धनगढी, ३ असार- कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ ।
नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो ।
कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ । मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले महिलाको कोरोनाले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए ।
योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भईसकेको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो । तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ ।