- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५




धनगढी, ३ असार- कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ ।
नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो ।
कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ । मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले महिलाको कोरोनाले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए ।
योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भईसकेको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो । तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ ।