October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटीको केआईसिँहका ४७ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

डोटी जेठ २८(ई-रैवार)

जिल्लाको केआइसिंह गाउँपालिकाका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

भारतबाट आएर गाउँपालिकाको विभिन्न क्वारेण्टाइनमा बसेकाहरूको स्वाब संकलन गरी पठाएकोमा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।