April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

डोटी जेठ २१(ई-रैवार)

कोरोना महामारीमा सेवा गर्दै आएको स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा ज्ञापन पत्र बुझाईएको छ ।

नेपाल स्वास्थ्यकर्मी युनियन सुदूपश्चिम प्रदेशका संयोजक उत्तमराज उपाध्यायको नेतृत्वमा गएको टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो ।

आइतबार शिखर नगरपालिका-७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी जादै गरेका रमेश कुवँरमाथि कुटपिट भएको थियो ।  शिखर नगरपालिका-७ बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै कुटपिट गरेका थिए ।

सोही घटनाका दोषिलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्रमा महामारीमा कर्तव्य निभाईरहेका स्वास्थ्यकर्मीमाथि हुनसक्ने यस्ता सांघातिक आक्रमणबाट सुरक्षाको प्रत्याभूत दिलाउन माग गरिएको छ ।