October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

थप सातजनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौं वैशाख २७(ई-रैवार)

थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको हो।

संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ।

यसैगरी संक्रमित ४ पुरुषमध्ये ३ जना कपिलवस्तु र  एक जना पर्सा छपकैयाका हुन्।

कपिलवस्तुका संक्रमितमा १७ वर्षका एक र १८ वर्षका दुई युवक रहेका छन्।  पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ।

मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल-विराटनगरमा भएको परीक्षणले उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।