कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ
- Eraibar
- २०७७ बैशाख २२, सोमबार ११:४२
- 14 Shares

धनगढी वैशाख २२(ई-रैवार)
कैलालीको एक सामुदायिक वनका अध्यक्षलाई ५० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी घुस रकमसहित पक्राउ परेका हुन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग मिलेर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्