‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

काठमाण्डौं वैशाख १५(ई-रैवार)
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ‘सांसद अपहरण’ प्रकरणको जाहेरी दर्ता हुने बताएका छन् । संञ्चारमाध्यममा प्रतिक्रिया दिदै उनले सो घटनाको जाहेरी लिन प्रहरी तयार रहेको बताए ।
‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज(आईतवार) जाहेरी दर्ता नभएको हुनसक्छ’, उनले भने, ‘कार्यक्षेत्र (महोत्तरी) मा पर्ने प्रहरी कार्यालयमा जाँदा जाहेरी दर्ता हुन्छ । जाहेरी दर्ता नभएपनि कानूनी उपचारको व्यवस्था छ ।’ जाहेरी दर्ता नगरेको भनेर प्रहरी आलोचित भएपछि दर्ता गर्ने पक्षमा प्रहरी नेतृत्व पुगेको स्रोत बताउँछ ।
समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवकाे अपहरणबारेको जाहेरी आईतबार महानगरिय प्प्ररहरी परीसर काठमाण्डौंले लिएको थिएन । काठमाडौं प्रहरीले कार्यक्षेत्र नपरेको भन्दै आइतबार जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।
सांसद यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आइतबार किटानी जाहेरी दिने कार्यक्रम थियो । जाहेरी दिन महानगरिय प्रहरी परिसरमा समाजवादी फोरम पार्टीका शिर्षस्थ नेताहरूको टोली नै पुगेको थियो ।





प्रतिकृया दिनुहोस्