अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?

आदरणिय अध्यक्ष ज्यु ।
पूर्वीचौकी गाउँपालिका
सानागाउँ, डोटी
तपाईंको शैक्षिक र नैतिक स्तर कति छ भन्ने यहाँबाट प्रस्ट हुन्छ ।
एक मास्क, एक साबुन बाँडेर कोरोना नियन्त्रण हुन्छ, भनेर तपाईं अहिले कानमा तेल हालेर सुत्नुभएको छ । यो कानमा तेल हालेर सुत्ने सयय होइन । संसार अहिले नोवेल कोरोनाभाईरस (कोभिड-१९) बाटतर्सित छ ।यसबिरुद्ध अहिले विश्व लडिरहेका छ । यो पनि तपाईं लाई थाहा नै होला ।तपाईंले पुर्बिचौकीमा कोरोना नियन्त्रण के गर्नु भएको छ ? भारतबाट आएका नेपाली दाजुभाईहरु जम्मै गाउँघरमा बसेका छन् । जम्मा दुईजनालाई क्वारेन्टाईनमा राख्नुभयो । जसबाट अहिले जनता त्रसित छन ।
यसबाहेक गाउँपालिकाले कोरोना नियन्त्रण के गरेको छ ? गाउँगाउँमा गएर जनचेतना फैलाउने समयमा तपाईंकोको पुरै टिम सुतिराछ। तपाईं यो महामारीको समय बिरामी बोक्ने एम्बुलेन्समा औषधीको बहानामा आफ्ना आफन्त बोकिरहनुभएको छ भन्ने गुनासो सुनिन्छ ।तपाईंले वडावडामा गएर सतर्कताका लागि के गर्नु भएको छ रु
जनचेतना फैलाउने, जनतालाइ निराश हुनबाट उम्काउने समयमा तपाई आफै सुतिराख्नु भएको छ । यस्तो प्रबृत्तीबाट जनताले तपाईंसंग के अपेक्षा गर्ने रु
बिनम्र अनुरोध गर्छु यस्तो अवस्थामा सुतेर हुदैन् । यो समय काम गर्नेबेला हो । जनतालाई सचेत र जागरुक पार्दे, कोरोनाविरुद्ध जुध्न तयार पार्ने बेला हाहे । अभाव र समस्षमा रहेका नागरिकहरुलाई संगसंगै अघि बढाउनुपर्ने बेला हो । यसका लागि सचेत भएर काम गर्न विनम्र अनुरोध गर्छु । घटना घटिसकेछि सोच्नु भन्दा पहिला सोच्नु ठिक होला । यस्तो समयमा तपाईं गम्भीर नभए कहिले हुने ?
आफु पनि बचौँ, अरुलाई नि बचाऔँ ।
उही तपाईको गाउँपालिकाबासी
रेशमविक्रम खड्का





प्रतिकृया दिनुहोस्