सीमामा रोकिएका नेपालीबारे सर्वोच्चको ‘कारणदेखाउ’ आदेश
- Eraibar
- २०७६ चैत्र २०, बिहीबार १७:२३
- 6 Shares

धनगढी चैत्र २०(ई-रैवार)
भारतीय सीमाबाट नेपाल पस्न नपाएका नेपालीहरुका बिषयमा सर्वोच्च अदालतले कारकारविरुद्ध कारणदेखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले देशभित्र छिर्न पाउने नागरिकको अधिकार भएको भन्दै लिखित जवाफसहित अदालत उपस्थित हुन सरकारलाई आदेश जारी गरेको हो।
अधिवक्ता मनिष कुमार श्रेष्ठ, रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दिपकराज जोशी र कीर्तिनाथ शर्माले सीमामा रहेका नेपालीलाई प्रवेश दिनुपर्ने मागगर्दै रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफसहित संघीय सरकार र सुदुरपश्चिम प्रदेश सरकारलाई पनि बोलाएको छ।
महाकाली क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाउनुको कारण लिखित रुपमा लिएर आउन सरकारलाई सर्वोच्चले भनेको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्