October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

काठमाण्डौं चैत्र १६(ई-रैवार)
क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो।
कोरोना उच्चस्तरीय समिति तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले सञ्चालन गर्ने र संक्रमति व्यक्ति आएर सूचना नदिने, क्वारेन्टाईनबाट भाग्ने, लुकेर बस्ने जति सम्पर्कमा आउन अनुरोध गरेपनि नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सँजाय गर्न गृहप्रशासनलाई निर्देशन दिएको छ।
क्वारेन्टाईनमा बसेकाहरु भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाईनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि सरकार त्यस्ता व्यक्ति विरुद्ध कडा ढंगले प्रस्तुत हुने भएको हो।