December 7, 2025, Sunday
२०८२ मंसिर २१

कोभिड–१९ बाट मृत्यु हुने २२ हजार नाघे

धनगढी चैत्र १३(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । बिहिबार साँझसम्म २२ हजार ६९ जनाको मृत्यु भईसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मृत्यु हुने सबैभन्दा बढी ईटालीका छन् । ईटालीमा बिहिबार साँझसम्म सातहजार पाँच सय तीनले ज्यान गुमाएका छन् । दोस्रोमा स्पेन छ । जहाँ चार हजार ८९ जनाको मृत्यु भएको छ । चीनमा तीनहजार दुई सय ८७, ईरानमा दुईहजार दुई सय ३४, फ्रान्समा एक हजार तीन सय ३१ र अमेरिकामा एकहजार ३६ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण एसियाली मुलूकहरुमा भारतमा १५ जना र पाकिस्तानमा ८ जनाको मृत्यु भईसकेको छ । पाकिस्तानमा हालसम्म एकहजार एकसय २३ जनामा संक्रमण भेटिदा भारतमा सात सय १६ जनामा संक्रमण भेटिएको छ ।
विश्वभर बिहिबार साँझसम्ममा कुल चार लाख ८८ हजार दुई सय ९२ मा संक्रमण भएको छ भने, एक लाख १७ हजार ६ सय ८ जना सञ्चो भईसकेका छन् ।