सुदूरपश्चिम नजिकै कोरोना भेटियो

धनगढी फागुन २९(ई-रैवार)
सुदूरपश्चिमसंग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको लखनउमा पहिलो पटक कोराना संक्रमित भेटिएका छन । धनगढी देखि २ सय ५० किलोमिटर टाढा रहेको लखनउमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको हो । प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
किंङ जर्ज मेडिकल विश्वविद्यालयका अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । ती महिलालाई केजीएमयूको आइसोलेशन वार्डमा राखिएको छ । जाँचका क्रममा ती महिलाका श्रीमानमा भने कोरोना नेगेटिभ पाइएको छ ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६२ जना पुगेको छ । कोरोनाबाट बच्न भारतले अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ ।





प्रतिकृया दिनुहोस्