April 17, 2026, Friday
२०८३ बैशाख ४

गाउँपालिकाको डोजरमा आगजनी

डोटी फागुन ८(ई-रैवार)
डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समुहले आगजनी गरेको छ । जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राती आगजनी भएको हो ।
सायल गाउँपालिकाले सञ्चालन गरेको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काईभेटर र आदर्श गाउँपालिका आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सायल गाउँपालिकाको स्काईभेटर सायल गाउँपालिका–१ छपालीमा बाटो सफा गर्ने काममा परिचालित थियो । जहाँ राती राखिएको मध्यरातमा आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । आन्टीनेन्टलको डोजर आदर्श गाउँपालिका–३ काँडीस्याउलेमा पार्किङ्ग गरिएको अवस्थामा आगजनी भएको छ ।
आगजनी भएको क्षेत्रमा गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको प्रहरी उपरीक्षक दिलिपसिँह देउवालाई बताए । दुई वटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिबन्धित नेकपाले भने आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको जनाएको छ ।