डोटी उद्योग वाणिज्य संघको भवन शिलान्यास

एकेन्द्र चन्द
डोटी फागुन ५(ई-रैवार): डोटी उद्योग वाणिज्य संघको भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले भवनको शिलान्यास गरेका हुन् ।
भवनको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नीजि क्षेत्रको सहयोगविना देशको अर्थतन्त्र नचल्ने बताए । उनले भने,‘नीजि क्षेत्रको सहयोग नभए देश चल्दैन् । त्यसैले नीजि क्षेत्र समृद्ध भएर अघि बढ्न आवश्यक छ ।’ नीजि क्षेत्रको सशक्तिकरण सरकार पनि प्रतिबद्ध हुनुपर्ने उनले बताए ।
शिलान्यास कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले नीजि क्षेत्रलाई राज्यले पनि महत्व दिदैँ आएको बताए । ‘नीजि क्षेत्रको महत्वलाई नै बुझेर सरकारले सरकारी–नीजि–सहकारीको तिनखम्बे अर्थनीति अबलम्बन गरेको बताए ।
पुरानो जीर्ण भवन भत्काएर सो भवनको ठाउँमा नयाँ र अत्याधुनिक भवन निर्माण गरिने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । त्यसका लागि आवश्यक सहयोग गर्न सबैसंग उनले आग्रह गरे ।
भवनको निर्माण यथासक्य पुरा गरेर आफ्नै कार्यकालमा उद्घाटन गरिसक्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस्