October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संविधानबमोजिम सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो । प्रतिनिधिसभामा अहिले १० भन्दा बढी विधेयक विभिन्न चरणमा समितिमा विचाराधीन छन् ।

सरकारको सिफारिसपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी औपचारिक निर्णय हुने छ ।