September 22, 2026, Tuesday
२०८३ आश्विन ६

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूची फेरियो

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।

संसद् सचिवालयले निर्धारित कार्यसूची हटाएर राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदनको प्रस्ताव कार्यसूचीमा राखेको छ।

संसद् सचिवालयले सूचना जारी गर्दै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको उक्त सम्झौतामाथि छलफल तथा अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको जनाएको हो।

सम्झौता राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित छ।

सचिवालयले बैठकको कार्यसूचीमा परिवर्तन गरिएको जानकारी गराउँदै नयाँ कार्यसूचीअनुसार सम्झौतामाथि छलफल अघि बढाइने जनाएको छ।