देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।
हाल कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।



प्रतिकृया दिनुहोस्