October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिनाथमा पूजाआराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, शान्ति र कल्याणको कामना गर्दै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।

प्रथम महिला सबिता पौडेलसहित पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेलले भगवान् पशुपतिनाथको दर्शन तथा विशेष पूजाआराधना गरेका हुन्। उनले देशमा शान्ति, समृद्धि र जनताको सुख–समृद्धिको कामना गरेका छन्।

पूजाअर्चनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए। पूजाका क्रममा उनले देश तथा जनताको हित र कल्याणका लागि प्रार्थना गरेको जनाइएको छ।