August 29, 2026, Saturday
२०८३ भाद्र १३

बाढी प्रभावित नेपाललाई विश्व बैंकको १७ करोड डलर सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्काल राहत तथा पुनःस्थापनाका लागि ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ।

विश्व बैंकको सहयोग परिचालनका लागि सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ। सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेपछि विश्व बैंकले सहयोग परिचालनको प्रक्रिया तत्काल अघि बढाउनेछ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विश्व बैंकको यो सहयोग परिचालन गरिनेछ।