बागमतीमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच मन्त्रीले शपथ लिए

हेटौंडा : बागमती प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै पाँच जना मन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री थापामगरले एमालेका भरत केसीलाई भौतिक तथा पूर्वाधार मन्त्रालय र ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका छन्।
त्यस्तै, नेकपाका सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना, राप्रपाका राजु विष्टलाई खानेपानी, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूले पनि बिहीबार नै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
लामो समयदेखिको राजनीतिक रस्साकसीपछि थापा मगर बिहीबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।





प्रतिकृया दिनुहोस्