August 21, 2026, Friday
२०८३ भाद्र ५

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै

नगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन्।

भट्टले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाउन आग्रह गरेका थिए। सोहीअनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

उनका अनुसार प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ।