स्थानीय सरकार व्यापक भ्रष्टः बलायर

डोटी मंसिर २६(ई-रैवार)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय सरकार व्यापक भ्रष्ट भएको आफुले पाएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको घरदैलो गर्ने क्रममा बोगटान फुड्सिल गाउँपालिका पुगेका उनले ग्रामीण स्तरमा भईरहेको भ्रष्टचारले आफु चकित परेको बताए ।
‘वर्तमान सरकारले त भ्रष्टाचारका सबै सीमा नाघिसकेको छ,’ विहिबार बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘सत्ताधारी नेकपाका कार्यकर्ताहरुले यसका बछिटाहरु गाउँबस्तीमा समेत पु¥याईसकेछन् ।’ गाउँ सरकारले गाउँबस्तीमा बनाएका योजनाहरुमा ठुलो रकम चलखेल भईरहेको उनले दाबी गरे । ‘यहाँ त सिधै प्रतिशत अशुलेर योजना बाड्ने प्रचलन बसाईएको रहेछ,’ उनले भने ।
आम्दानीको स्रोत नभएका, पारिवाको आर्थिक अवस्था कमजोर भएका गाउँ सरकारका पदाधिकारीहरुको आर्थिक हैसियत तीनवर्ष ननाघ्दै निकै चुलिएको उनले बताए । उनले भने,‘बढी अशुल्नेको महंगो ठाउँमा घर बनिसकेछ । अन्यले समेत सुबिधासम्पन्न ठाउँमा घडेरी जोडिसकेछन् ।’ यस्ता जनप्रतिनिधि केही वर्षमा ‘पर्यटक’नेता भईसकेको भन्दै उनले ब्यंग्य गरे ।





प्रतिकृया दिनुहोस्