October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कांग्रेस संस्थापन इतर समूहले राष्ट्रिय भेलामा सहभागी हुन काट्यो पत्र

काठमाडौं : नेपाली कांग्रेस इतर समूहले राष्ट्रिय भेलामा सहभागी हुन पत्र काटेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा सहभागी हुन पत्र काटेका हुन्।

कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय सभापतिसम्मलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र गरेको जनाएको छ।

प्रदेश तथा जिल्ला तहबाट महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई भेलामा सहभागी हुन आग्रह गरिएको छ।

इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ। मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको चुनौती, कांग्रेसभित्रको विवादबारे छलफल हुने पत्रमा उल्लेख गरिएको छ।

सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले यो भेला राखेको हो। भेलालाई देउवाले पनि सम्बोधन गर्ने जनाइएको छ।