दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

काठमाडौं : मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।
आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् । त्यस्तै कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।
दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् । यसबाहेक उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक पनि हुन् । उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन् । २४ वर्षीय दीपमाला आफ्नी आमाबाट प्रेरणा पाएको बताउँछिन् । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् ।
जनकपुरकी २४ वर्षीय आर्याले सन् २०२१ को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष १० प्रतिस्पर्धीमध्ये एक थिइन्। उनले बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर गरेकी छन् । आर्या हाल शिक्षण क्षेत्रमा कार्यरत रहँदै उच्च शिक्षा र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने प्रयासमा छिन् । उनी शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा रुचि राख्छिन् ।





प्रतिकृया दिनुहोस्