July 31, 2026, Friday
२०८३ श्रावण १५

राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता गरेका छन्। दुवै जनालाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले छलफल गरेका हुन्।

भेटमा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज लगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे छलफल भएको जनाएको छ।

उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए।

प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका थिए।