October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन साउन १४ गते सम्मलाई तोकियो

काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम निर्धारण गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म निर्धारण गरेको जनाएको हो ।

“प्रतिनिधिसभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत नयाँ क्रियाशील सदस्यता आवेदन र अनलाइन सिष्टममार्फत स्वयं सदस्यता आवेदन फारम भरी वडा सभापतिको पोर्टलमा होल्डमा रहेका क्रियाशील सदस्यहरूको सदस्यता आवेदन वडासभापतिले अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म तोकिएको छ,” निर्णयमा भनिएको छ । 

पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतका तहबाट अनुमोदन गरी पठाएको मितिले तीन/तीन दिनभित्र नयाँ क्रियाशिल सदस्यको अनुमोदन गरी सक्नुपर्ने छ ।

यस्ता छन् अन्य निर्णयहरू 

on-1785162870.jpg