नेपाली कांग्रेसले कसरी मनाउँदैछ बीपी कोइरालाको ४४औं स्मृति दिवस ?

काठमाडौँ : नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवस देशव्यापी रूपमा मनाउने भएको छ । स्मृति दिवसमा कांग्रेसले विभिन्न कार्यक्रम गरी साउन ६ र ७ गते देशव्यापी रूपमा मनाउने लागेको हो ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित र साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाइने जानकारी दिएका छन् ।
त्यसअन्तर्गत साउन ६ गते ३ वटा कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ । जसअन्तर्गत ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ ललितपुरमा ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिता बिहान ६ बजे ललितपुर यूएन पार्कबाट सुरु हुनेछ र महिला र पुरुष अलग अलग प्रतिस्पर्धा हुनेछ ।







प्रतिकृया दिनुहोस्