लागुऔषध कारोबारीलाई प्रहरीले चलायो सात राउन्ड गोली, दुईजना घाइते
- Eraibar
- २०८३ श्रावण ३, आईतवार १८:०२
- 5 Shares

काठमाडौं : प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।
दुवैजनाको घुडामूनी गोली लागेको छ । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो ।
घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले विभिन्न स्थानबाट पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा फेला परेका थिए ।
- धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ
- हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने
- कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने, कसले जित्ला विश्वकपको उपाधि ?
- बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
-
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
कमैया मुक्तिको २६ वर्ष- समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता
२०८३ श्रावण २, शनिबार ०९:२१ -
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने, कसले जित्ला विश्वकपको उपाधि ?
२०८३ श्रावण ३, आईतवार २०:१०





प्रतिकृया दिनुहोस्