October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

बुद्धनगरमा अर्का एक जनाले गरे आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्‍याइयो

काठमाडौं : काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।

बिहान ६ बजेर २० मिनेट जाँदा आफ्नै कोठामा ४५ वर्षका राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो । उनले आत्मदाहको प्रयास गरेको पाइएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ ।

यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको छ । शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरमा उपचार भइरहेको छ ।