एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ
- Eraibar
- २०८२ चैत्र ५, बिहीबार १२:२८
- 5 Shares

काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ केही सातायता घटिरहेको छ । गत माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको रेकर्ड मूल्य बनेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ । चाँदी पनि गत माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।
- अमेरिकी सेना आएको हल्ला निराधार, राहत सामग्री बोकेर आएको थियो अमेरिकी वायुसेनाको जहाज
- प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
- सुरुङभित्र फसेकाको उद्धारमा सरकारको ‘अदूरदर्शिता’ प्रति कांग्रेसको गम्भीर आपत्ति
- जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब दिन विज्ञको आग्रह
- राहत र उद्धार प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्न सांसदहरूको आग्रह
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्