गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्।
कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लबी गरे। उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चार माध्यमहरूले बाध्य बनाएको कोइरालाको दाबी छ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताए । शेखरले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार रहे पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका, कार्यविधिहरू केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज बिहानै निर्वाचन आयोग पुगेका थिए। शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका छन्।
निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोइराला, मिन विश्वकर्मा,नैनसिंह महरलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
यस्तै, कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण आयोगमा बुझाएको छ।





प्रतिकृया दिनुहोस्