को को परे एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौँ : नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।
महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा गरेका हुन् ।
शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली र पोखरेल समूहले ६०/४० को रेसियोमा प्रतिनिधि मनोनीत गर्ने सहमति बनेको एक पदाधिकारीले बताए ।
एमाले विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्न सकिने छ । शुक्रबारको बैठकमा अध्यक्ष ओलीका तर्फबाट झन्डै २ सयको नाम मनोनीतका लागि पढेर सुनाइएपछि पोखरेल पक्षले त्यसलाई अस्वीकार गरेको थियो । त्यसपछि ओली पोखरेल समझदारीमा दुवैतर्फका १०८ जनाको नाम फाइनल गर्ने सहमति भएको थियो ।
मनोनीत गर्ने १०८ जनाको नाम नेताहरूले शनिबार बिहान टुङ्गो लगाएका छन् । शनिबार दुवै नेता बसेर मनोनीतको नाम फाइनल गरिएको हो ।
महाधिवेशनका लागि २ हजार १५४ जना प्रतिनिधि निर्वाचित भैसकेका थिए । नेताहरूले १०८ मनोनीत गरेपछि ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सङ्ख्या २ हजार २ सय ६२ जना पुगेको छ । मनोनीतसहित सबै प्रतिनिधिहरूको नामावली अनलाइनमै प्रकाशित गर्ने तयारी भएको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलको भनाइ छ ।










प्रतिकृया दिनुहोस्