गोवास्थित नाइट क्लबमा सिलिण्डर पड्किएर आगलागी, २३ को मृत्यु

काठमाडौं : भारत गोवाको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । गोवाको चर्चित नाइट क्लबमा आगलागी हुँदा पर्यटक, कर्मचारीसहित २३ जनाको मृत्यु भएको हो ।
शनिबार मध्यरातमा क्लबको किचेनमा ग्यास सिलिन्डर पड्किएर अरपोरा क्षेत्रमा भएको विष्फोट पछिआगो फैलिएको प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।
घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।
कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । यस घटनाको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन् ।
आगलागी नियन्त्रणमा आइसकेको गोवाका प्रहरी महानिर्देशक अलोक कुमारले बताए । घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्ने कार्य चलिरहेको उनले बताए ।
अरेबियन समुद्रको तट गोवा भारतका चर्चित पर्यटकिय स्थलमध्ये एक हो ।




प्रतिकृया दिनुहोस्