May 1, 2026, Friday
२०८३ बैशाख १८

तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् ।

संयोजक दाहालले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन ।

‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । पार्टीको पूर्वपदाधिकारीहरूको बैठक मंगलबा टुङ्ग्याउने उनले जानकारी दिए ।

‘जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपले लैजाने भन्ने भएको छ । धेरै राम्रा सुझावहरू आएका छन् । हामी भोलि टुङ्ग्याउँछौं,’ उनले भने ।