April 29, 2026, Wednesday
२०८३ बैशाख १७

निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आयोगको आह्वान

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आह्वान गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरिएको हो।

पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाहरूको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन आह्वान गरिएको हो।

अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि निवेदन दिँदा observer@election.gov.np मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्नेछन्। निवेदनको नमुना www.election.gov.np बाट डाउनलोड गर्न सकिने आयाेगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । 

nirbachan