November 8, 2025, Saturday
२०८२ कार्तिक २२

धनगढीस्थित बोराडाँडीका एक जना बेपत्ता, सँगै रहेका ३ जना पक्राउ

धनगढी : कैलालीको धनगढीस्थित बोराडाँडीका एक जना सम्पर्कविहीन भएका छन् । बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका लागि उनीसँगै भएका तीनजनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गोदावरीका विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिइएको बताएक्ँ ह्ुन् ।

डीएसपी सिंहकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्कविहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हो ।

चन्द घर नआएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । चन्दको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।