March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ ।
बियर गे्रल्सले सोको टेलर भिडियो राखेर ट्विट गरेका छन् । उनको ट्विटलाई मोदीले रिट्विट गरेका छन् ।
भिडियोमा मोदीलाई स्वागत् गर्दै गे्रल्सले भनेका छन, ‘तपाईं भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ । मेरो जिम्मेवारी तपाईंलाई सुरक्षित राख्नु हुनेछ ।’
मोदीले पनि रिट्विट गर्दै गे्रल्सलाई धन्यवाद भनेका छन् । उनले, ‘भारतमा तपाईंले हराभरा जंलग, सुन्दर पहाड, नदि र वाइल्ड लाइफ देख्न सक्नुहुन्छ । यो कार्यक्रम हेरेर धेरैलाई भारत आउने इच्छा पलाउनेछ । भारत आइदिनुभएकोमा बियर गे्रल्सलाई धन्यवाद ।’
सोको बारेमा अहिले सामाजिक सञ्जालहरुमा चर्चा चलिरहेको छ ।

–बीबीसी हिन्दीबाट अनुवाद।

Video Link by Hindusthan Times Youtube Chanel.
[embedyt] https://www.youtube.com/watch?v=GARMf1y5VWc[/embedyt]