एसईईको नतिजा : डोटीमा ३७ प्रतिशत विद्यार्थी ग्रेडेड, कञ्चन पाली बनिन् ‘डोटी जिल्ला टपर’

डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त इकाई प्रमुख ममता पालले दिएको जानकारी अनुसार कञ्चनले ३.९६ जिपिए प्राप्त गरी ‘डोटी जिल्ला टपर’ बनेकी हुन् ।
डो६किो जोरायल गाउँपालिका – ४ बिनोडा स्थायी घर भएकी कञ्चनले एसइइ परीक्षामा डोटी जिल्लाको इतिहासमा अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिएका छन् ।
त्यस्तै राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटका निराजन बलायरले ३.९२ जिपिए सहित जिल्लामै दोश्रो भएका छन् भने केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका वैभव कार्कीले ३.९० जिपिए सहित तेश्रो हुन सफल भएका छन् ।
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटी जिल्लामा ३७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन । गतबर्ष १७ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए । यस बर्ष ३ हजार ३३ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागि भएका थिए ।






प्रतिकृया दिनुहोस्