April 19, 2026, Sunday
२०८३ बैशाख ६

डोटीको जोरायलले ल्यायो ५६ करोड ७० लाखको बजेट

डोटी । डोटीको जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७० लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जोरायल गाउँसभाको २० औं अधिवेशनको पहिलो बैठकले सो बजेट ल्याएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ ४४ करोड २० लाख ३० हजार रुपैयाँ र पूँजीगत खर्च तर्फ १२ करोड ५० लाख ३० हजार रुपैया विनियोजित गरिएको छ ।

यस्तै गाउँपालिकाले संघीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानमा २८ करोड ४९ लाख, प्रदेश सरकार सशर्त अनुदान ५८ लाख, संघीय सरकार समानीकरण अनुदान १० करोड ७० लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ३८ लाख ६५ हजार, संघीय सरकार समपूरक अनुदान १ करोड ५ लाख, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५ लाख, प्रदेश सरकार समपूरक अनुदान ३८ लाख, संघीय सरकार विशेष अनुदान ६९ लाख र गाउँपालिकाको आन्तिरिक राजश्व र चालु वर्षको नगद मौज्दात २ करोड ३२ लाख रुपैयाँ बराबरको बजेट गाउँपालिकाले ल्याएको हो ।