आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) बीच खेल हुँदैछ।
जारी आइपिएलको यो २८ औं खेल हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ खेल सुरु हुनेछ।
राजस्थान रोयल्सले यो सिजनको सुरुवाती २ खेल हारेको थियो। तर त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको संकेत दिएको थियो।
तर पछिल्लो खेलमा भने गुजरात टाइटन्ससँग अहमदाबादमा ५८ रनको हार बेहोरेको थियो। कप्तान सञ्जु सामसनको नेतृत्वमा रहेको टोली आजको खेलमा पुनः जितको लय सामाउने प्रयासमा रहनेछ।
आरसिबी ५ खेलमा ३ जित र २ हारसहित अंक तालिकाको चौथो स्थानमा छ। दिल्ली क्यापिटल्ससँग घरेलु मैदानमा ६ विकेटको हार बेहोरेपछि आज जितको खोजीमा हुनेछ।
पछिल्लो हारमा भने आरसिबीले ब्याटिङमा निकै संघर्ष गरेको थियो। आज उसले ब्याटिङमा सुधारिएको प्रदर्शन गर्न जरुरी छ। आरसिबी ६ अंकका साथ लिगको पाँचौं स्थानमा छ। राजस्थानसँग मात्र ४ अंक रहेको छ। दुवैले आज छैटौं खेल खेल्दैछन्।
यसअघि यी दुई टिमबीच ३२ पटक प्रतिस्पर्धा भएको छ। जहाँ राजस्थानले १४ र आरसिबीले १५ खेक जितेको छ। ३ खेलमा भने नतिजा आउन सकेको थिएन्।
आजै हुने दोस्रो खेलमा भने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुनेछ।
हिजो राती भएको आइपिएलमा सनराइजर्स हैदरावादले दोस्रो जित हासिल गर्ने क्रममा पन्जाब किंग्सलाई ८ विकेटले हराएको थियो। २ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको सानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ बल अघि २ विकेट गुमाएर पूरा गर्यो ।
अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आइपिएलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए ।
५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्कामा १ सय ४१ रनको योगदान गरे । उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए । हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए । हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो।
कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए। प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे।

बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे।
पहिलो जित पछि हैदरावादले लगातार ४ खेल हारेको थियो। ६ खेलमा ४ अंकसहित हैदरावाद आठौं स्थानमा उक्लिएको छ। पन्जाब ५ खेलमा ६ अंकसहित छैंटौं स्थानमा छ।





लेखकको सम्वन्धमा