March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

ई–रैवार समाचार, कैलाली साउन ६
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् ।
श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी आफ्नो ज्याला हिनामिना गरेको मजदुरहरुको आरोप छ ।
उता नगरपालिकाले स्टिमेट भन्दा बढी हाजिर देखिएकाले समस्या भएको दावी गरेको छ । नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले स्टमेट अनुसार एक लाख १२ हजारको काम गर्नुपर्ने भएपनि हाजिर अनुसार बढी देखिएकाले केही समस्या भएको बताए । जोशीले उक्त विषयमा छलफल भइरहेको बताएका छन् । घोडाघोडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक वर्षमा ७४ लाख बजेट पाएको थियो।