October 31, 2026, Saturday
२०८३ कार्तिक १५

बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बैतडी । बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले मेलौली, दशरथचन्द, पुर्चौंडी , डिलाशैनी नगरपालिका र सिगास, दोगडाकेदार गाउँपालिका बाढीपहिराको उच्च जोखिममा रहेको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको जानकारी दिएका छन् भने सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा रहेको छ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिराको जोखिम मध्यम छ भने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिराको जोखिम सामान्य छ। पहिराको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ। विपद्बाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।