अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान मेल्लेख गाँउपलिका- ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले मेल्लेख गाँउपलिका-७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा परी ३ जना घाइते भएको बताए ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेकाे डीएसपी पाठकले जानकारी दिए ।
दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भए को पाठकले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।
प्रतिकृया दिनुहोस्