February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

अछाममा जिप दुर्घटनाहुदाँ एक बालकको मृत्यु, १४ जना घाइते

अछाम । अछाममा जिप दुर्घटनाहुदाँ एक बालकको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान जानुका सातै १४ जना घाइते भएका भएका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइतेमध्ये अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए। डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएका छन्। घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पु¥याएर उपचार भइरहेको छ।

अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। चौरपाटी बस्ने ५१ वर्षीय तेजबहादुर रावलले चलाएको से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको थियो।

घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।