April 18, 2026, Saturday
२०८३ बैशाख ५

याद धरातलमा हुन्छन्….

याद धरातलमा हुन्छन् सपना चुचुरामा हुन्छन्

कति सपना अधुरा त कति पुरा हुन्छन् !

आउनुहोस् मित्र म पिठ्युँ फर्काएर बसिदिन्छु

कमसेकम छुरा राेप्ने तिम्रा रहर त पुरा हुन्छन् !

त्यस कारण म ठुलो मान्छे न बनेको हु थाहा छ

जालमा पर्ने माछा फुत्किने भुरा हुन्छन !

तिमि मेरो नजिकको साथि हाैँ भन्दैमा कहाँ हुन्छ

कसरी भनाैँ उ र म बीचमा के के कुरा हुन्छन् !

नारीलाई फरक नजरले हेर्नु लाग्छ स्वभाविक हाे

अचेल न सिउँदाेमा सिन्दुर न हातमा चुरा हुन्छन् !

यदि कसैसँग मिल्ने गए भने संयोग मात्र हुनेछ !!