आइसिसी विश्वकप २०२३ को फाइनलमा आज भारतलाई चुनौती दिँदै अस्ट्रेलिया

काठमाडौं । आइसिसी विश्वकप २०२३ को फाइनलमा आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।
अपराजित रहदै फाइनल खेलमा भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने छ। विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।
प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ। सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन। २०१५ उपाधि जितेको अस्ट्रेलियाको त्यसयता यो पहिलो फाइनल हो।
साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन्। भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर।
भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारत हारेको थियो । अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ । अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधी जितेको थियो ।
खेलमा प्रमुख खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ । उनिहरुको प्रदर्शनले अन्य खेलाडीको मनोबलमा समेत असर पर्ने गर्दछ । विश्वकपको फाइनल खेलमा दुबै टोलीमा स्टार खेलाडी छन् । तर केही यस्ता खेलाडी छन् जस्ले एक्लै टोलीको जित सहज बनाउन सक्ने खुबी राख्छन् । फाइनलमा सुपर हिरो बन्न सक्ने दुबै टोलीको तीन तीन खेलाडी यस प्रकार छन् ।
विराट कोहली (भारत)

भारतीय विराट कोहली यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १० खेलमा ३ शतकसहित ७ सय ११ रन बनाएका छन् ।
कोहली दबाबमा टोलीलाई सम्हाल्ने ब्याटर हुन् । ओडिआईमा सर्वाधिक ५० शतक हान्ने कोहलीले २०११ को विश्वकप देखि हालसम्म थुप्रै कठिन खेल जिताएका छन् ।
घरेलु मैदान र दर्शकमा खेल्न झन खुशी हुनेछन् । सम्भव त अन्तिम ५० ओभरको विश्वकप खेलेको हुँदा उनी उपाधी जित्न चाहन्छन् ।
पछिल्लो दुई विश्वकपको सेमिफाइनलमा ब्यहोरेको हारको पीडा अहिले मेटाउन खोज्ने छन् । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए । उनी सुरुवातमा विकेटमा समय विताएपछी हतपत विकेट गुमाउँदैनन् ।
ग्लेन म्याक्सवेल

म्याक्सवेल विकेटमा हुनसम्म असम्भव केही पनि हुँदैन । उनिसँग अदभूत क्षमता छ । मैदानको हरेक भागमा सजिलै रन बनाउन सक्छन् । क्लिन हिटर उनी स्पिनर सामु झनै ठुला ठुला शर्ट प्रहार गर्ने गर्दछन् ।
स्विचहिट हेर्न अझ लायक हुनेछ । म्याक्सवेल उच्च लयमा पनि छन् । अफगानिस्तानलाई हराउन उनले ९१-७ को अवस्थाबाट २ सय १ रनको दोहोरो शतक हानेका थिए । नेदरल्यान्डविरुद्ध ४० बलमै शतक हानेका थिए ।
स्पिनर रबिन्द्र जडेजा र कुलदिप यादवको बलमा म्याक्सवेल कसरी खेल्छन त्यसले अष्ट्रेलिया योगफल निर्धारण हुन सक्छ । अष्ट्रेलियालाई च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । म्याक्सवेल ब्याटिङ मात्रै होईन बलिङमा स्पिनरको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
मिचेल स्टार्क

तिव्र गतिका बलर मिचेल स्टार्कलाई विश्वकपको बलर समेत भन्ने गरिन्छ । २०१५ र २०१९ को विश्वकपमा उनी सर्वाधिक विकेट लिने बलर हुन् । नयाँ बलका साथ उनको स्विङ बल निकै महत्त्वपूर्ण हुनेछ ।
भारतिय ब्याटर स्विङ बलमा संघर्ष गर्दै आएका छन् । भारतले सुरुवातमा विकेट नगुमाएको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ । मिचेलले आफ्नो स्विंङ र योर्करका साथ सुरुवातमा विकेट लिन सके खेलमा टोलीलाई हाबी बनाउन सक्छन् ।
मोहम्मद शामी

भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन शामीको भुमिका निकै महत्वोपुर्ण छ । हार्दिक पान्ड्या घाइते भएपछि उनले टोलीमा खेल्ने मौका पाएका थिए । शामीले ६ खेलमा २३ विकेट लिदै शिर्ष स्थानमा छन् ।
सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन उनले एक्लै ७ विकेट लिएका थिए । शामीले स्विंङका साथ विकेट लिएका छन् । उच्च लयमा हुँदा मनोबल पनि फरक हुनेछ ।
भारतलाई च्याम्पियन बनाउन उनको बलिङ आज निकै महत्त्वपूर्ण हुनेछ । अन्यथा भारतलाई उपाधी जित्न कठिन देखिन्छ ।
डेविड वार्नर

अष्ट्रेलिया बायाँ हाते ओपनर डेविड वार्नर बिग म्याच प्लेयर हुन् । विश्वकपमा उनले लगातार राम्रो गर्दै आएका छन् । वार्नरले १० खेलमा २ शतकका साथ ५ सय २८ रन बनाएका छन् ।
वार्नर सुरुवातमा आक्रमण शर्ट खेल्ने गर्दछन् । उनी चलेको खण्डमा ठुलो इनिङ खेल्दै सजिलै विशाल योगफल बनाउन सक्छन् । उनले राम्रो खेल्दा मिचेल मार्श र ग्लेन म्याक्सवेलले थप आक्रमण क्रिकेट खेल्न सक्छन् ।
रोहित शर्मा

भारतले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान रोहित शर्माको भुमिका महत्त्वपूर्णछ । रोहितले आक्रमक रुपमा रन जोड्दा त्यसपछिका ब्याटरले सहजै रन जोड्दै आएका छन् ।
त्यसैको कारण टोलीले विशाल योगफल बनाउदै आएकोछ । उनी सुरुवातमा आउट हुँदा टोली समस्यामा पर्नेछ । तर उनी टिकेको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ ।
भारत र अस्ट्रेलियाको लय
भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो। भारतीय खेलाडीहरु उच्च लयमा रहेका छन्। भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो। सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो।
समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो। समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो। समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ।
हेड टू हेड
समग्रमा अस्ट्रेलियासँग भारतको भेट सुखद छैन। १५० वटा भेटमा भारतले अस्ट्रेलियासँग ८३ खेलमा हार व्यहारेको छ। यो भन्दाअघि यी दुई टोलीको विश्वकपमा १३ पटक भेट भएको छ। ती भेटमा भारत आठ पटक पराजित भएको छ भने अस्ट्रेलिया पाँच पटक पराजित भएको छ। तर यस वर्ष भएको सात खेल मध्ये चार खेल भारतले जितेको छ।
अहिले सम्म नहारी विश्वकप जित्ने तीन राष्ट्र
आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म तीनवटा राष्ट्रले मात्र एक खेल पनि नहारी उपाधि जित्ने कीर्तिमान बनाएका छन् । हालसम्म वेस्ट इन्डिजले दुई, अस्ट्रेलियाले दुई र श्रीलंकाले एकपटक अपराजित रहँदै विश्वकपको उपाधि चुमेका छन् ।
आफूले खेलेका सबै खेल जितेर विश्वकपको उपाधि चुम्ने राष्ट्र भने वेस्ट इन्डिज र अस्ट्रेलियामात्र हुन् । वेस्ट इन्डिजले सन् १९७५ मा अपराजित रहँदै एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला वेस्ट इन्डिजले समूहगत चरणको तीनवटै खेल जितेको थियो ।
वेस्ट इन्डिजले सेमिफाइनलमा न्युजिल्यान्ड र फाइनलमा अस्ट्रेलियालाई हराएको थियो । यसैगरी वेस्ट इन्डिजले सन् १९७९ मा आयोजित दोस्रो विश्वकपको उपाधि पनि एक खेल पनि नहारी आफ्नो पोल्टामा पारेको थियो ।
त्यतिबेला पनि वेस्ट इन्डिजले समूहगत चरणको दुईवटा खेल जितेको थियो भने एउटा खेल अनिणर्ित रुपमा टुंगिएको थियो । वेस्ट इन्डिजले सेमिफाइनलमा पाकिस्तानलाई र फाइनलमा इङ्ल्यान्डलाई हराएको थियो ।
अस्ट्रेलियाले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको उपाधि उचालिसकेको छ । त्यसमध्ये दुईपटक अस्ट्रेलियाले एक खेल पनि नहारी उपाधि कुम्ल्याएको थियो । अस्ट्रेलियाले सन् २००३ र सन् २००७ मा अपराजित रहँदै विश्वकप जितेको थियो ।
सन् २००३ मा अस्ट्रेलियाले समूहगत चरणको ६ वटै खेल जितेको थियो । त्यसपछि ‘सुपर सिक्स’ चरणमा पनि अस्ट्रेलियाले पाँचवटै खेल जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सेमिफाइनलमा श्रीलंकालाई र फाइनलमा भारतलाई हराएको थियो ।
सन् २००७ मा पनि अस्ट्रेलियाले अपराजित रहँदै विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला अस्ट्रेलियाले समूहगत चरणको तीनवटै खेल जितेको थियो । ‘सुपर एट’ चरणमा पनि आफूले खेलेको सातवटै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । त्यसपछि अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई र फाइनलमा श्रीलंकालाई हराएको थियो ।
यसैगरी श्रीलंकाले सन् १९९६ मा अपराजित रहँदै विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला श्रीलंकाले समूहगत चरणमा पाँचवटै खेल जितेको थियो । तर, त्यतिबेला सुरक्षाको कारण देखाउँदै अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकामा खेल्न अस्वीकार गरेका थिए ।
त्यसैले यी दुबै राष्ट्रबाट श्रीलंकाले ‘वाक ओभर’ पाएको थियो । त्यसपछि श्रीलंकाले क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएको थियो । श्रीलंकाले त्यो विश्वकपको सेमिफाइनलमा भारतलाई र फाइनलमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।





लेखकको सम्वन्धमा