इजरायल-प्यालेस्टिन युद्ध : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । बीबीसीका अनुसार दुई देशबिचको युद्धमा ११ सयभन्दा बढी मानिसको मृत्यु भएको हो।
शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७ सय बढी नागरिकको मृत्यु भएको बताएको छ ।
यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४ सय १३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।
आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।
अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ ।
नेपालसहित अन्य धेरै देशले इजरायलमा आफ्ना नागरिकको समेत मृत्यु भएको बताएका छन् ।





लेखकको सम्वन्धमा