माओवादी केन्द्रले डोटीमा सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने

डोटी । नेकपा माओवादी केन्द्रले डोटीमा सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने भएको छ । असोज २० देखी २७ गतेसम्म डोटीमा रहेका ६५ वडामै सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने लागेको माओवादी केन्द्रले जनाएको हो ।
माओवादी केन्द्रका डोटी इन्चार्ज लक्षीराम आचार्यले तिन महिने विशेष रूपान्तरण अभियान अन्तरगत डोटीमा असोज २० देखी २७ गतेसम्म ६५ वडामा एक हप्तासम्म पुराना सदस्य नवीकरण अद्यावधिक तथा नयाँ सदस्यता वितरण सप्ताह मनाउने निर्णय भएको जनाएका हुन ।
‘हामीले पहिलो चरणमा जनता पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्यौ,‘ आचार्यले भने- ‘अब एक हप्ता सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सप्ताह अभियानकै रूपमा अघि लैजाने निर्णय गरेका छौँ ।’
पहिलो चरणमा सदस्यता नवीकरण, त्यसपछि गाउँ, टोलस्तरिय कमिटी गठन प्रशिक्षण जस्ता कार्यक्रमहरू रहेको उनले बताए । तिन महिने अभियानले नागरिकहरूमा उत्साह सृजना गरेको छ । आचार्यले भने- ‘हामी जनताका बिचमा यसरी नगएको धेरै भयो, यस पटक जाँदा कार्यकर्ता भन्दा हाम्रा समर्थक र नागरिकको बिचमा उत्साह आएको छ ।’





प्रतिकृया दिनुहोस्