January 15, 2026, Thursday
२०८२ माघ २

ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा  जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो।

जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनाम परेको आशंका गरिएको छ।